• Wednesday 7th of October 2026

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो


  • धनकुटा खबर
  • .

रौतहट, २१ असोज । रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुषको शव करिब दुई घण्टापछि फेला परेको छ।

बुधबार बिहान करिब ७ः४५ बजे बरहवा पुलबाट तालमा हाम फालेका स्थानीय ४०/४५ वर्षीय अजयकुमार केशरी बेपत्ता भएका थिए।

घटनाको सूचना प्राप्त भएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले तालमा खोजी अभियान थालेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट डीएसपी बसन्त गौतमको नेतृत्वमा ३० जना, श्री नारायण दल गण पुरेनवाबाट सेनानी कञ्चन थापाको नेतृत्वमा १५ जना र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म गौरबाट डीएसपी दुर्गा प्रसाद भट्टको नेतृत्वमा १६ जना सुरक्षाकर्मी खोजीमा परिचालन भएका थिए।

खोजीका क्रममा बिहान ९ः४५ बजे तालबाट केशरीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी गौतमले जानकारी दिए।

शव आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि बिहान १० बजे प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार केशरी दुई दिनअघि मात्रै सुधार केन्द्रबाट घर फर्किएका थिए। उनी नियमित मदिरा सेवन गर्ने गरेको प्रारम्भिक जानकारीसमेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖