• Thursday 8th of October 2026

झलनाथ पछि उपप्रधानमन्त्री श्रेष्ठ पनि चीन जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन्। उत्तरी छिमेकी चीनद्धारा आयोजित ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को-अपरेसन’मा सहभागीता जनाउन उनी चीन प्रस्थान गर्न लागेका हुन्।

आज अपरान्ह १२ बजेर मन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नेछन्। गए राति नेकपा समाजवादीका सम्मानित नेता झलना खनाल पनि चीन प्रस्थान गरेका थिए। बीआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदै छ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै छन्।

चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖