• Wednesday 7th of October 2026

चट्याङ लागेर आमा र छोरी घाइते


  • धनकुटा खबर
  • .

कञ्चनपुर । चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन् ।

बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका हुन ।

घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै आमा–छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖