काठमाडौं, २१ असोज । बागलुङको निसिखोला गाँउपालिका–१ सल्लेरी सामुदायिक वनमा लुकाएर राखिएको सात थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।
बुधबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले निसीखोला गाउँपालिका– १ सल्लेरी सामुदायिक वनस्थित वनमाराको झाडीमा लुकाएर। राखिएको अवस्थामा एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद भएको भरुवा बन्दुक सावुत पाँच थान र बेसावुत दुई थान गरी जम्मा सात थान रहेको छ । बरामद भएको भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
