• Wednesday 7th of October 2026

कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने २८ वर्षीय गणेश पाण्डे रहेका छन्।

प्रहरीका अनुसार कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जाल टिकटकमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष कारबाहीको माग गरेकी थिइन्।

उक्त भिडियोका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले पाण्डेलाई असोज २० गते काठमाडौँ–२६ रानीबारी चोकबाट पक्राउ गरेको हो। उनीमाथि ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖