• Monday 5th of October 2026

लाओसलाई पराजित गर्दै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा


  • धनकुटा खबर
  • .

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले जित हात पारेको छ।

दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो।

नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो। उनले अञ्जन विष्टको पासमा ५३ मिनेटमा गोल गरेका थिए।

यससँगै नेपाल समग्रमा २-१ ले अघि रहदै दोस्रो चरणमा पुग्यो। गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए।

अब दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖