• Thursday 8th of October 2026

नयाँ नोट सटही सुविधा आजसम्म मात्रै


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भएको दशैं-तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले आज सम्म पाउने भएका छन्। गत सोमबारदेखि राष्ट्र बैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो।

राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ। नयाँ नोट सटही सुविधा आजसम्म रहने राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारण नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले पाइरहेका छन्।

नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरूले तोकेको शाखाबाट सटही भइरहेको छ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖