• Thursday 8th of October 2026

बडादशैँलाई उत्सवका रुपमा मनाउन होटल पौवाले सरायँ नाच प्रदर्शन गर्ने


  • धनकुटा खबर
  • .

रूपन्देही । हिन्दु धर्मावलम्बी नेपालीको महान् पर्वका रुपमा रहेको बडा दशैँलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले सरायँ नाच प्रदर्शन गर्ने भएको छ ।

लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सरायँ नृत्यबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा संस्कृति संरक्षणका लागि टेवा पुग्ने गरी यही कार्तिक १७ गते होटल पौवाको योगिकुटी शाखामा नृत्य प्रदर्शन गरिने होटलका प्रबन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरुमा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सरायँ नाचको प्रारम्भ गरिएको उनले बताए ।

यसैगरी होटल पौवाले यो वर्षको दशैँलाई उत्सवको रुपमा मनाउन योगीकुटीसहितका तीन वटा शाखामा परम्परागत लिङ्गे पिङ राखेको छ ।
नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए ।

‘नेपालका लागि नेपाली आतिथ्यता’ भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट सेवा दिइरहेको छ । कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् ।

विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ प्रमुख विष्णु भण्डारीले बताए ।

पर्यटन प्रवर्द्धनमा देशको कला, संस्कति, रहनसहन, भेषभूषा, खानपिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै भण्डारीले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको दाबी गरे ।

होटलमा सराय नृत्य प्रदर्शन कार्यक्रमको संयोजक समेत रहेका भण्डारीले पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गरिरहेको दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖