• Tuesday 6th of October 2026

नेपालले तेस्रो विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले हङ्कङको सामना गरिरहेको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी उक्त खेलमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । विकेटकिपर ब्याट्सम्यान आसिफ १३ बलमा चार चौकाको मद्दतले २० रन बनाउँदै पेभेलियन फर्किएका हुन् । हङ्कङका बलर आयुष शुक्लाले आफ्नै बलिङमा आफैले उनको क्याच लिएका थिए ।

आसिफ आउट हुँदा नेपालले ६ ओभरमा ४० रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖