• Sunday 4th of October 2026

भारतले ‍अन्तरिक्षमा मान्छे सहितको यान पठाउने


  • धनकुटा खबर
  • .

एजेन्सी । चन्द्रयान र सौर्ययान पठाएको भारतले अन्तरिक्षमा अर्को यान पठाउने भएको छ। यसको तयारीको लागि भारतको पहिलो मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरिएको हो।

यो परीक्षणले रकेटमा कुनै खराबी भएमा चालक दलका सदस्य कसरी बाँच्नेछन् भन्ने कुरा पत्ता लगाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन इसरोले जनाएको छ ।

परीक्षण उडान सफल भएपछि अर्को वर्ष अन्तरिक्षमा रोबोट पठाउनेलगायत कार्यका लागि मार्ग प्रशस्त गर्ने बीबीसी हिन्दीले जनाएको छ । इसरोले यस्तै किसिमका तीन वटा परीक्षण गरेपछि मानिससहितको यान अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।

तीन वटा परीक्षण सफल भएपछि तीन जना अन्तरिक्ष यात्रीलाई पृथ्वीको तल्लो कक्षमा लैजाने मानवयुक्त मिसन पठाइने इसरोले जनाएको छ । गएको हप्ता मात्र भारत सरकारले सन् २०२५ मा अन्तरिक्षमा मानव मिसन पठाउन सकिने घोषणा गरेको थियो ।

अन्तरिक्ष यात्रीहरुलाई पृथ्वीको चार सय किलोमिटरको कक्षमा पठाउने र तीन दिनपछि पुनः पृथ्वीमा अवतरण गर्ने लक्ष्य रहेको इसरोले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖