• Sunday 4th of October 2026

कोजाग्रत पूर्णिमा लाग्ने दुर्लभ चन्द्रग्रहणले यी मानिसहरूलाई बनाउनेछ धनी, भाग्य चम्किनेछ


  • धनकुटा खबर
  • .

काठमाडौं । धेरैलाई थाहा नहोला यो वर्ष कोजाग्रत पूर्णिमा चन्द्रग्रहण लाग्दैछ । कोजाग्रत पूर्णिमा एक विशेष दिन हो । यो दिनको चन्द्रग्रहण दुर्लभ छ । शनिबार, अक्टोबर २८, २०२३ कार्तिक ११ गते २०८० मा लाग्ने चन्द्रग्रहण विशेष छ । यो चन्द्रग्रहण नेपाल र भारतभर देखिने छ ।

चन्द्रग्रहणले सबै राशिमा शुभ र अशुभ प्रभाव पार्छ । अक्टोबर २८ मा हुने यो ग्रहण केही राशिका लागि निकै शुभ रहनेछ । यी राशिका मानिसहरु भाग्यशाली रहनेछन् । यी राशिका व्यक्तिले धन आर्जन गर्नुका साथै काममा सफलता मिल्नेछ । जानौँ यो दुर्लभ चन्द्रग्रहणले कस्ता मानिस बनाउँदैछ धनी ।

मेष
यो राशि भएका मानिसलाई यो चन्द्रग्रहणले आर्थिक लाभ हुनेछ । जसले आर्थिक पक्षलाई मजबुत बनाउनेछ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । दाजुभाइबाट सहयोग मिल्न सक्छ । साहस बढ्नेछ। मान–सम्मान र पद प्रतिष्ठामा वृद्धि हुनेछ। जीवनसाथीसँग समय बिताउने अवसर मिल्नेछ। काममा सफलता मिल्ने सम्भावना छ । भाग्य तपाईको साथमा रहनेछ। नोकरी तथा व्यवसायका लागि समय शुभ रहनेछ । तपाईले गरेको कामको प्रशंसा हुनेछ। परिवारका सदस्यहरूसँग समय बिताउने अवसर मिल्नेछ। दाम्पत्य जीवनमा सुखको अनुभूति हुनेछ । परिवारबाट अचानक शुभ समाचार प्राप्त हुन सक्छ।

मिथुन
मिथुन राशि भएका व्यक्तिमापनि यो ग्रहणको प्रभावले नोकरी तथा व्यवसायका लागि समय शुभ रहेको छ । मान सम्मान मिल्नेछ । काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यहरूसँग समय बित्नेछ। शुभ फल प्राप्त हुनेछ। जागिरको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्। पदोन्नति वा आर्थिक लाभको अवसर पनि मिल्नेछ। नयाँ कामको थालनी गर्नका लागि सूर्य गोचर लाभदायी रहनेछ। यो समय शिक्षा क्षेत्रसँग आवद्ध व्यक्तिका लागि वरदानभन्दा कम छैन । लेनदेनका लागि समय शुभ रहेको छ ।

धनु
यस अवधिमा यो राशिका मानिसमा पारिवारिक सम्बन्धमा मधुरता बढ्नेछ। कामको खोजीमा रहेका व्यक्तिहरूले शुभ फल प्राप्त गर्न सक्छन्। आत्मविश्वास बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थिक लाभ हुनेछ, जसले आर्थिक पक्षलाई मजबुत बनाउनेछ। धन सम्वन्धी मामिलामा सफलता मिल्नेछ । समाजमा मान सम्मान बढ्नेछ । पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट लाभ मिल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖