• Thursday 8th of October 2026

१६ दिनकी नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ


  • धनकुटा खबर
  • .

दाङको लमहीमा १६ छोरी दिने नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् ।

लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

‘घर पछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएको भन्ने कुरा आएको छ,’ एसपी केसीले भने ‘१६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ।’
शिशुको अवस्था गम्भीर रहेको पनि प्रहरीले बताएको छ। जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो।

‘चिकित्सकहरूले सुत्केरीपछि कतिपय आमाहरू डिप्रेसनमा पुग्न सक्ने कुरा अवगत गराएका छन्,’ एसपी केसीले भने ‘प्रहरी नियन्त्रणमा रहेकी आमाले मानसिक स्वास्थ्यमा समस्या देखिएको जस्तो व्यवहार प्रदर्शन गर्ने गरेको कुरा आएको छ।’

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले पनि प्रहरी थुनामा राखिएकी निर्मामा मानसिक समस्याका लक्षणहरू देखिएको हुँदा उपचारका लागि पठाउनेबारे भन्ने छलफल भइरहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖