• Monday 5th of October 2026

एसिडिटीको समस्या हुनेले भुलेर पनि यी खानेकुरा खान हुँदैन


  • धनकुटा खबर
  • .

काठमाडौँ । यदि तपाईंलाई एसिडिटीको समस्या छ भने तपाईंले आफ्नो खानपानमा धेरै ख्याल गर्नुपर्छ । हेल्थलाइनको समाचारअनुसार एसिडिटीको समस्या भएका व्यक्तिले गल्तीले पनि बढी बोसोयुक्त खाना वा भुटेको खानेकुरा खानु हुँदैन।

फ्रेन्च फ्राई, डिप फ्राइड प्याज रिङ्स, आलुका चिप्स, बटर, दूध, चिज, आइसक्रिम, क्रिम, हाई फ्याट क्रिमयुक्त सलाद, क्रिम सस, हाई फ्याट कट र रातो मासु आदि खानु हुँदैन।

त्यस्तै मसलादार खानेकुरा पनि खानु हुँदैन । धेरै अध्ययनहरू भएका छन् जसमा मसालेदार खानाको सेवनले एसिडिटीको समस्या बढ्ने चेतावनी दिइएको छ । बजारमा पाइने पश्चिमी खाद्यवस्तुलाई मसलेदार बनाउन क्याप्साइसिन थपिन्छ । यो एक रासायनिक यौगिक हो जसले अन्न नलीलाई ठुलो नोक्सान पुर्‍याउँछ।

केही फलफूल र तरकारी पनि एसिडिटीका लागि हानिकारक मानिन्छ । फलफूल र तरकारी स्वास्थ्यका लागि फाइदाजनक भएतापनि एसिडिटी वा मुटुको समस्या भएका व्यक्तिले निश्चित प्रकारका फलफूल र तरकारी खाँदा समस्या हुनसक्छ । त्यसमध्ये अनानास, सुन्तला, अङ्गुर, कागती, टमाटर, लसुन, प्याज आदिका कारण एसिड रिफ्लक्सको समस्या बढ्छ ।

यसैगरी यदि तपाईँले मदिरा, कफी, चिया, कार्बोनेटेड पेय पदार्थ जस्तै सोडा, कोल्ड ड्रिंक्स, सिट्रस फ्रुट जुस, टमाटरको जुस आदिको सेवन गर्नुहुन्छ भने एसिडिटी झन् बढ्न सक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖