• Thursday 8th of October 2026

गायक चक्र बमसहितका ९ जना ४ दिनदेखि प्रहरी थुनामा, जुवा खेलिरहेको अवस्थामा परेका थिए पक्राउ


  • धनकुटा खबर
  • .

कैलाली । पछिल्लो समय युवा माझ चर्चा बटुलिरहेका गायक चक्र बम विगत चार दिनदेखि प्रहरी थुनामा रहेको खुलेको छ ।

मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा प्रहरी वृत्त अनामनगरले उनीसहित ९ जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट पक्राउ पर्नेहरूमा बमसहित शङ्कर आचार्य, इकु सुलेमान (सुलेमान शङ्कर), नरेन्द्र विष्ट, रोशन सिंह, साहिन मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी छन्।

जुवा खालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौँका प्रवक्ता कुमोद ढुङ्गेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖