• Friday 9th of October 2026

जाजरकोट भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् ।

‘गएरातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले भने, ‘अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’

उनका अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटर मुनि भूकम्पको केन्द्र रहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖