रुकुम (पश्चिम)को सानोभेरी गाउँपालिकामा भूकम्पबाट एकैघरका चारसहित अहिलेसम्म १० जनाको मृत्यु भएको छ ।
गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले अहिलेसम्म १० जनाको मृत्यु पुष्टि भएको र अझै मृतकको संख्या बढ्न सक्ने जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म कम्तीमा ५० जना घाइते भएको पुष्टि भएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
‘हामीले दुईवटा एम्बुलेन्स र एउटा डोजरबाट उद्धार गरिरहेका छौँ । घाइतेहरूको स्थानीय अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घरहरू क्षतिग्रस्त छन्,’ उनले भने ।

जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।