• Thursday 8th of October 2026

एपिएफ अस्पतालको मेडिकल टिम जाजरकोट प्रस्थान


  • धनकुटा खबर
  • .

काठमाडौं । सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिमलाई जाजरकोटमा पठाइएको छ । भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि डा रोशन पराजुलीको नेतृत्वमा मेडिकल टिम घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

डा पराजुलीको नेतृत्वमा ९ जनाको मेडिकल टिम सेनाको स्काइ ट्रक मार्फत घटनास्थल तर्फ लागेका हुन् । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको जाजरकोटमा मात्र संख्या ९२ पुगेको डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए ।

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖