• Friday 9th of October 2026

जाजरकोटमा ५ पटक भूकम्प


  • धनकुटा खबर
  • .

डोटी । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रावार स्थानीय समय अनुसार ११: ४७ मा पहिलो पटक ६.४ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार त्यसयता थप ४ वटा पराकम्पन गएका छन् । राती १२ वजेर ८ मिनेटमा दोश्रो पटक ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । यस्तै, १२ वजेर २९ मिनेटमा ४.२ र १२ वजेर ३५ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार बिहान ४ वजेर १६ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प भएको छ । सवै भूकम्पहरुको केन्द्रबिन्दु रामीडाँडामै रहेको केन्द्रले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖