• Thursday 8th of October 2026

भूकम्पका घाइतेलाई नेपालगन्ज ल्याउन सुरु,भेरी अस्पतालमा उपचार हुँदै


  • धनकुटा खबर
  • .

भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जना घाइतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो।उनको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइते कार्की एम्बुलेन्समार्फत नेपालगन्ज आईपुगेको बताए। भूकम्पबाट घाइते भएका ब्यक्तीको उपचार गर्न भेरी अस्पतालमा विशेष ब्यवस्था मिलाइएको प्रजिअ पोखरेलले बताए । ‘अहिलेलाई हामीले भेरी अस्पतालमा घाइतेको उपचार गर्ने ब्यवस्था मिलाएका छौं, आवश्यकता अनुसार पछि अन्य अस्पतालमा पनि ब्यवस्थापन गर्न सकिन्छ,’ उनले भने।

घाइते कार्की राती ३ बजेतिर जाजरकोटबाट नेपालगन्जका लागि प्रस्थान गरेका थिए । जाजरकोट र रुकुम पश्चिमका अन्य घाइतेलाई पनि एम्बुलेन्स र हेलिकप्टरमार्फत नेपालगन्ज ल्याउने तयारी भइरहेको प्रजिअ पोखरेलले बताए।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको उपचार ब्यवस्था मिलाइएको बताए। अस्पतालको नयाँ भवनको भूईतलामा उपचार गर्न आवश्यक ब्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिए।-अर्जुन ओली/नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖