• Friday 9th of October 2026

सेनाको स्काई ट्रक चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ ।

नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाका अनुसार चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण सेनाको स्काइ ट्रक त्यहाँ अवतरण गर्न नसकेको हो ।

सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाको स्काई ट्रक चौरजहारी प्रस्थान गरेको थियो ।

नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाका अनुसार नेपालगञ्जबाट समिट एयरको जहाज पनि चौरजहारी पठाउन खोजिए पनि मौसमका कारण सम्भव नभएपछि सो जहाज हुम्लाको सिमिकोट उडेको छ ।

‘निजी क्षेत्रका हेलिकप्टरले नेपालगञ्जबाट भूकम्प प्रभावित क्षेत्रतर्फ अहिलेसम्म उडान थालेका छैनन्,’ उनले भने, ‘साना जहाजहरु पनि मौसम नखुलेसम्म जान सक्ने अवस्था देखिएको छैन ।’

चौरजहारी विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलर (एटिसी) छैन । त्यसैले नेपालगञ्जबाटै पठाउन तयारी अवस्थामा राखिएको उनले बताए ।

नेपाली सेनाको एउटा हेलिकप्टर भने बिहान भूकम्प प्रभावित क्षेत्रमा पुगेर नेपालगञ्ज फर्किसकेको छ । र, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आज नेपाली सेनाको हेलिकप्टरमार्फत् जाजरकोट पुगेका छन् । उनी प्रमुख जिल्ला अधिकारीबाट ब्रिफिङ लिएर स्थलगत अनुगमनमा निस्किएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖