• Friday 9th of October 2026

प्रधानमन्त्री दाहाल सवार हेलिकप्टरमा ७ जना घाइते र ७ जना कुरुवा सुर्खेत ल्याईयो


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्र पुगेका छन् । उनी सवार हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ ।

प्रधानमन्त्री चढेको हेलिकप्टरबाट जाजरकोटको नलगाडबाट ७ जना घाइते र ७ जना कुरुवालाई उपचारको लागि सुर्खेत ल्याईएको छ ।

प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किने क्रममा घाइतेहरुको उद्धार गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖