देवदह । रुपन्देहीको देवदहमा मगन्तेको भेषमा आएका अपरिचित व्यक्तिले मोबाइल चोरी गरेका छन् । देवदह -५ मा रहेको दिब्य ज्योति मोबाइल इलेक्ट्रोनिक पसलबाट पसल धनी ग्राहक सङ्ग व्यस्त भएको बेला मोबाइल चोरी गरेका हुन् ।
सार्वजनिक भएको सिसिटिभी फुटेजमा पसलका संचालक ग्राहक सङ्ग कुराकानी गरिरहेको मौका छोपी मोबाइल बोरामा लुजाएर भागेको देखिएको छ।
नयाँ सिम एक्टिभ गर्ने सिमकार्ड सहितको मोबाईल फोन चोरी भएको पसलका संचालक अर्जुन गुरुङले बताए। चोरी गर्ने ब्यक्ति भने पत्ता लाग्न सकेको छैन ।
चाडपर्वको समयमा यस्ता खालका चोरीका घटना वृद्धि भएको र हाट बजारको समयमा समेत सिक्री, मोबाइल र पर्स चोरी गर्ने समूह सक्रिय भएकोले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
