• Friday 9th of October 2026

उद्धार कार्यमा एमाले सरकारको साथमा छ : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताएका छन् ।

मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताए । ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरे ।

‘सरकारले यतिबेला केही गरेझैं देखाउने होइन, गरेर देखाउनुपर्यो । सरकारले काम गर्नुपर्‍यो,’ ओलीले भने, ‘मान्छे पुरिएका छन् कि जिउँदै छन् कि तिनलाई निकाल्न सकिन्छ कि तिनलाई निकाल्न सकिन्छ कि, त्यस काममा सम्पूर्ण शक्ति लगाउनुपर्छ ।’

अध्यक्ष ओलीले सरकारलाई चुनौती पनि दिए । ‘सरकारले गर्दैन भने आफूले सकेको काम नेकपा एमालेले गर्छ’, ओलीले भने ।

जाजरकोट भूकम्पपछि एमालेले शुभकामना आदानप्रदान कार्यक्रम देशभर स्थगित गरेपनि मधेश प्रदेशको शपथ कार्यक्रममा ओली आफै सहभागी भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖