• Friday 9th of October 2026

भूकम्प प्रभावित क्षेत्रका कर्मचारी तत्काल बिदामा बस्न नपाउने


  • धनकुटा खबर
  • .

भूकम्प प्रभावित जिल्लामा कार्यरत सरकारी कर्मचारीले तत्काल बिदा नपाउने भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कर्मचारी विदामा भएका भए यथाशिघ्र काममा फर्किन निर्देशन दिएको छ।
भूकम्पले जनधनको क्षति भएकाले मृतक तथा घाइतेहरूको खोजी तथा पहिचान, घाइतेहरूको राहत उद्धार तथा स्वास्थ्य उपचारसहित अन्य सबै पक्षकहरूको व्यवस्थापनमा खटिनु पर्ने भएकाले तत्काल विदामा नबस्न पनि आग्रह गरेको हो।

‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा १३८ जनाको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖