• Thursday 8th of October 2026

काठमाडौं ल्याइएका दुईजना घाइतेको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

काठमाडौ । भूकम्पका कारण घाइते भएका ८ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरुलाई शिक्षण अस्पताल ल्याइएको थियो । टिचिङ अस्पतालमा उपचारत आठजना मध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

अहिले शिक्षण अस्पतालमा ल्याइएका घाइते सबै रुकुम पश्चिमका हुन् । उशिक्षण अस्पतालमा ल्याइएका ती घाइतेमा एक बालक, दुई बालिका, चार महिला र एक पुरुष रहेका प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत शनिबार साँझ १२ वर्षिया निरुता पुन, २० वर्षिया शुशिला बुढा, २० वर्षिया बिमला ओली बुढाथोकी, ५५ वर्षिया मैनी ओली, २२ वर्षिय गोपाल बुढाथोकी, ६२ वर्षिया सावित्री चन्द, २१ महिनाका रिशव बुढाथोकी र २१ दिनकी शिशु सीता पाण्डेलाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पबाट १५७ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् ।

त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।त्यस्तै जाजरकोटमा ८१ र रुकुम पश्चिममा ७९ जना घाइते भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖