• Sunday 4th of October 2026

दर्ता नभएका फोन बन्द हुने समाचारसँगै ट्राफिक बढेपछि एमडीएमएसको वेबसाइट डाउन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) को वेबसाइट डाउन भएको छ । प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका फोन सोमबार पश्चात बन्द गर्ने समाचार प्रकाशन भएपछि ट्राफिक धान्न नसकेर वेबसाइट डाउन भएको हो ।

प्राधिकरणले सो प्रणालीमा फोन दर्ता गर्न दिएको अन्तिम मिति आज सोमवार समाप्त हुँदैछ । यस्तोमा अधिकांश प्रयोगकर्ताले एकसाथ दर्ता गर्न खोज्दा साइट डाउन भएको प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले बताए ।

“धेरै सेवाग्राहीले आफ्नो फोन दर्ता गर्न खोज्नु भएको होला । त्यसैले ट्राफिक बढी भएर साइट डाउन भएको हो,” मिश्रले भने, “त्यसको समाधान के हुन सक्छ हामी बुझ्दै छौं ।”

हाल ब्राउजरमा mdms.nta.gov.np सर्च गर्दा ‘दिस साइट क्यान नट बी रिच्ड’ भन्ने सूचना देख्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖