• Thursday 8th of October 2026

ढिलो आउने कर्मचारीलाई फुलले स्वागत


  • धनकुटा खबर
  • .

दाङ,२१ कार्तिक । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गर्नु भएको छ । पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछी छड्के अनुगमन गरिएको हो ।

ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फुलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिनु भएको छ ।

एक दर्जन बढी कर्मचारी कार्यालय समय भन्दा ढिलो आएको जानकारी दिंदै नगर प्रमुख चौधरीले राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस भन्ने हाम्रो चाहाना हो । उहाँले भन्नू भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖