• Friday 9th of October 2026

ब्रेक फेल भएको टिप्परबाट हामफाल्दा युवतीको मृत्यु, ३ जना घाइते


  • धनकुटा खबर
  • .

पाल्पामा टिप्परले किचेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका –२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आले रहेकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार निस्दी गाउँपालिका –७ स्थित ज्यामिरे–अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा बोकेर नवलपुरतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिप्पर ब्रेकमा समस्या आउँदा भित्तामा ठोक्किन पुगेको थियो ।

ब्रेक फेल भएपछि टिप्परबाट हामफाल्ने क्रममा टायरले किचेर आलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार टिप्परबाट हामफाल्दा अन्य ३ जना घाइते भएका छन् ।घाइते हुनेमा निस्दी गाउँपालिका ७ की २५ वर्षीया हिमाली आले, टिप्पर चालक मकवानपुर मनोहरी ९ का २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुर हेटौँडा ९ का २४ वर्षीय आशिष सुनार रहेका छन् । उनीहरूलाई उपचारका लागि नवलपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖