• Monday 5th of October 2026

मिसेस् नेपाल सौन्दर्य प्रतियोगिताको उपाधि थापालाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिताको उपाधि पृथ्वीया थापाले चुमेकी छन्। रिवन इन्टरटेनमेन्टको आयोजनामा असम र युथ वेदको सह प्रायोजक रहेको प्रतियोगितामा लेखा परीक्षक रहेकी थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपउपाधिलाई पनि आफ्नो बनाएकी छन्।

थापा आगामी जनवरीमा अमेरिकामा हुने मिसेस् वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् भने एक स्कुटर पनि प्राप्त गर्ने छिन्। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा सिर्जना केसी मिसेस् नेपाल इन्टरनेसनल चुनिएकी छन्। एण्ड पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपउपाधि विजेतासमेत भएकी उनले एक टेलिभिजन सेट तथा सिंगापुरमा हुने मिसेस् इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।

चमक दमकका साथ भव्य मञ्च र प्रकाश व्यवस्थापन तथा साङ्गीतिक वातावरणमा सम्पन्न प्रतियोगितामा सीता सुबेदी एमएस नेपाल इन्टरनेसनलका साथमा रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाईस अवार्ड विजेता भएकी छन्। उनले एमएस नेपाल इन्टरनेसनल भएवापत एक थान ओभन प्राप्त गर्नेछिन् भने सिंगापुरमा हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। विजेताहरुलाई मिसेस् वर्ल्ड २०२२ सरगम कौशलले ताज पहिराएकी थिइन्।

नेपालकै प्रथम नायिका भुवन चन्द थापालाई मानार्थ मिसेस् नेपाल वर्ल्ड तथा मुस्कान खातुनलाई विशेष सम्मान गरिएको प्रतियोगितामा आईना गजुरेल फस्ट रनर्सअपका साथमा वेस्ट र्याम्पवाक, निशा विष्ट सेकेन्ड रनर्सअप, सरु आरएल राणा थर्ड रनर्सअपका साथमा फेसन आईकन र आयुष्मा राई पब्लिक च्वाइस अवार्डका साथमा भ्युअर्स च्वाइस भएका थिए।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफी, सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गङ्गा महर्जनको संयोजनमा भएको प्रतियोगितामा पुनम श्रेष्ठ रीलायाबल डाईग्नोस्टीक मस्ट डीसिप्लेन, रेखा सिंह रायमाझी नेपाल टुरिजम बोर्ड मिसेस् टुरिजम एम्बेस्डर, मिना भट्टराई नेपाल टेलिकम मल्टी मिडिया च्वाइस अवार्ड, ज्ञानेश्वरी श्रेष्ठ फेसबुक च्वाइस अवार्ड, उत्सुकता नकर्मी ए र एस डेन्टल वेस्ट स्माइल, सलोनी श्रेष्ठ वाव वेस्ट हेयर, जेनी खड्का एन प्रोफेसनल ब्युटी विथ कम्प्याक्सन, मंगली सिलवाल फ्लाईटेक इन्टरनेसनल वेस्ट डान्स, कोमल लामा सेटाफिल मस्ट डिसिप्लेन्ड वेस्ट स्कीन, पबिन श्रेष्ठ ओखती मिसेस् कन्जिनियालिटी, रेखा विष्ट आसम वेस्ट पर्सनालिटी र देबी थापा गुरुङ मिसलिन वेस्ट फिजीक उपउपाधि विजेता भएका छन्।

प्रतियोगितामा सौन्दर्य प्रतियोगिता सङ्घका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारी, नेपाल प्रहरीकी एआईजीपी डा आशा सिंह, मुटु रोग विशेषज्ञ डा ओम मूर्ति अनिल, अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र अभिनेत्री सरिता लामिछाने निर्णायक रहेका थिए। गत वर्ष मिसेस् नेपाल वर्ल्डमा दीक्षा केसी र मिसेस् नेपाल इन्टरनेसनलमा अभिनेत्री उषा रजक विजयी भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖