• Friday 9th of October 2026

प्रचण्ड – कति दिन म प्रधानमन्त्री रहन्छु, त्यो मुख्य कुरा होइन


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा आफू कहिलेसम्म रहन्छु भन्ने कुरा प्रमुख नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले महत्त्वपूर्ण कुरा जनताका पक्षमा काम गर्नु भएको बताए।

‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन’, उनले भने, ‘मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो। हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो।’

उनले हाल अर्थतन्त्रमा केही सुधार भएको दाबी गरे।

‘राजश्व पनि वृद्धि हुन थालेको छ। पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन्। रेमिट्यान्स धेरै नै बढेको छ’, उनले भने, ‘विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ।’अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्नु पनि उनले जानकारी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖