• Friday 9th of October 2026

नेपालमा भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा, कुन देशमा कतिबेला ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ । नेपालमा बिहान १० बजेर ५१ मिनेटमा उत्तम रहेको जनाएको छ ।

भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेट, न्युयोर्क, अमेरिकामा नोभेम्बर १४ मा ११ बजेर ५५ मिनेट, टेक्सास, अमेरिकामा नोभेम्बर १४ मा ११ बजेर २५ मिनेटमा उत्तम साइत रहेको जनाएको छ ।

अस्ट्रेलियाको मेलबर्नमा सोही दिनको ११ बजेर ३४ मिनेट तथा पोर्चुगलमा १४ नोभेम्बरमा ११ बजेर ५१ मिनेटमा टिका लगाउनु उत्तम हुने जनाइएको छ । यता पेरिसमा बस्नेहरुले सोही दिनको ११ बजेर ५ मिनेट तथा हङकङबासीले नोभेम्बर १५ मा बिहान ११ बजेर ५ मिनेटमा भाइटीका लगाउनु उत्तम हुनेछ ।

यसैगरी वासिङट्न डिसीमा नोभेम्बर १४ मा ११ बजेर २१ मिनेट तथा क्यालिफोर्नियामा सोही दिन १० बजेर ५५ मिनेटलाई उत्तम साइत निकालिएको छ । यसैगरी टोरन्टो, क्यानडामा नोभेम्बर १४ मा ११ बजेर ४५ मिनेट तथा टोकियो जापानमा नोभेम्बर १५ मा बिहान ११ बजेर १५ मिनेटका लागि साइत उत्तम रहने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖