• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

टिकटक बन्द गर्ने निर्णय तुरुन्त फिर्ता लिन सरकारसमक्ष रास्वपा सांसद खनालको माग


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले टिकटक बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् । उनले तत्काल निर्णय फिर्ता लिन पनि सरकारसमक्ष माग गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै सांसद खनालले टिकटक बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने दाबी गरेका छन् । उनले लेखेका छन्-

टिकटक बन्द गर्ने निर्णय ठिक हैन।

सामाजिक सञ्जाल (लगायत अन्य माध्यम) को गलत प्रयोगलाई नियमन गर्नु पर्छ। तर एउटा मात्र प्लाटफर्म ले गर्दा सामाजिक सद्भाव बिग्रियो, राष्ट्रियता कमजोर भयो भन्नु प्रविधिको विकासलाई नबुझ्नु हो । टिकटक त धेरै मध्ये एउटा माध्यम हो। सरकार अधिनायकवादी बाटोमा हिड्न खोज्यो। यस्ता निर्णयहरुले अभिव्यक्ति स्वतन्त्रतलाई कुठिण्त गर्छ।

सरकारले यो निर्णय तुरुन्त फिर्ता गरोस।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖