• Tuesday 6th of October 2026

इजरायली सैनिक हमासको संसद भवनमा


  • धनकुटा खबर
  • .

हमास र इजरायलबिच युद्धका क्रममा इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले हालै एउटा तस्बिर जारी गरेको छ । उक्त तस्बिरमा इजरायली सैनिक हमासको संसद भवनमा देखिन्छन् । उक्त तस्बिरले गाजामा हमास निकै कमजोर भइसकेको सन्देश दिएको छ ।

जेरुसलेम पोस्टका अनुसार आइडीएफको गोलानी ब्रिगेडका सैनिकले सोमबार हमासको संसदमा इजरायली झण्डा फहराएको तस्बिर पोस्ट गरेका हुन् । इजरायली रक्षा मन्त्री योभ गेलेन्टले पछिल्लो अवस्थाको जानकारी लिनुका साथै गाजामा आइडीएफको उपलब्धिबारे चर्चा गरेका छन् ।

उनले भने, ‘आइडीएफ बल एउटा योजना अनुसार काम गरिरहेको छ र चुस्त गुप्तचर जानकारी उपयोग गर्दै सटिकता, घातकताका साथ हावा, समुद्र र स्थल सेनाका बिच तालमेल गरी मिसनलाई पूरा गरिरहेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖