• Wednesday 7th of October 2026

भारतसँगकाे सेमिफाइनल खेलअघि न्युजिल्यान्डका कप्तानले भने– ‘मुम्बईमा जे पनि हुन सक्छ’


  • धनकुटा खबर
  • .

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलअघि न्युजिल्यान्डका कप्तान केन विलियमसनले मुम्बईमा जे पनि हुन सक्छ भन्दै भारतीय टिमलाई चेतावनी दिएका छन् ।

दुवै टिमबीच भाेलि बुधवार दिउँसाे सवा २ बजे मुम्बईकाे वानखेडे स्टेडियममा खेल शुरु हुनेछ । भारतीय टिम याे विश्वकपमा अविजित रहँदै सेमिफाइनलमा पुगेकाे हाे भने न्युजिल्यान्ड ५ खेल जितेर अन्तिम ४ मा पुगेकाे हाे ।

खेलअघि सञ्चारमाध्यमसँग कुरा गर्दै विलियमसनले भने, ‘यदि हामीले आफ्नाे क्षमताले खेल्याैँ भने जे पनि हुन सक्छ ।’

आईसीसी प्रतियाेगितामा भारतसँगकाे खेलमा न्युजिल्यान्डकाे रेकर्ड राम्राे छ । सन् २०१९ काे विश्वकपकाे सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई हराएकाे थियाे ।

विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएकाे थियाे ।

विश्वकपमा भारतीय टिमकाे प्रदर्शन खास रहे पनि सेमिफाइनलमा दुवै टिमसँग बराबर माैका रहेकाे न्युजिल्यान्डका कप्तान विलियमसनले बताए ।

उनले भने, ‘हामीलाई थाहा छ, यदि दिन हाम्राे हाे र हामी उत्कृष्ट प्रदर्शन गरिरहेका छाैँ भने हामीसँग सबैभन्दा राम्राे माैका छ ।’
मुम्बईमा हुने सेमिफाइनल खेलकाे सबै टिकट बिक्री भइसकेकाे छ र धेरैजसाे दर्शकले भारतीय टिमकाे समर्थनमा छन् ।

याे अवस्थालाई लिएर विलियमसनले भने, ‘हामी सेमिफाइनलमा पूरै स्टेडियमा निलाे (भारतीय टिमकाे जर्सीकाे रङ) हुने आशा गर्छाैँ । हाम्राे टिमकाे खेलाडीलाई हरेक परिस्थितिमा खेल्ने अनुभव छ । यस्ताे वातावरणमा खेल्ने माैका पाउनु विशेष कुरा हाे ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖