• Wednesday 7th of October 2026

इन्दू बर्माको कप्तानीमा आज पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा आयोजना हुने चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । नेपलाले आफ्नो पहिलो खेल तान्जिनियासँग खेल्न लागेको हो । उक्त शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रुपमा जापान सहभागी छ ।

नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले यही शृंखलाका लागि राष्ट्रिय टोलीको कप्तानमा इन्दूलाई नियुक्त गरेको हो । क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

हङ्कङ भ्रमणका लागि घोषित नेपाली टोलीमा उपकप्तानको जिम्मेबारी विन्दू रावललाई दिइएको छ । यसअघि राष्ट्रिय महिला टोलीको कप्तानको भूमिकामा रुविना क्षेत्री रहेकी थिइन् । टोलीमा निवर्तमान कप्तान रुबिना क्षेत्री पनि सहभागी छन् ।

हङ्कङ भ्रमणका लागि घोषित टोलीमा इन्दू वर्मा (कप्तान), विन्दू रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖