• Monday 5th of October 2026

छिटो–छिटो पिसाब लाग्ने समस्या छ ? उसोभए आजैबाट यी खानेकुरा खान सुरु गर्नुहोस्


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रायः मानिस हरू शरीर का ससाना समस्या लाई बेवास्ता गर्छन् । जस्तो, घरी घरी पिसाब आउनु । दिनमा पाँच चोटि सम्म पिसाब आए को ठीकै हो किन कि यसबाट मिर्गौला स्वस्थ रहे को जानकारी पाइन्छ

तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।

छिट छिटो पिसाब आउनु भने को मधु मेहको पनि लक्षण हुन सक्छ । तपाईं लाई पनि यो समस्या छ भने चिकित्सक कहाँ गएर जँचाइ हाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।

दही

दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।

तिल

कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ

मह र तुलसी

एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ।

कुलथी

अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ।

अनार

अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन

मेथी

मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖