• Friday 9th of October 2026

करोड रुपैयाँमा ‘बल्ने ढुंगा’ किन्दा ज्याउल हकको १० लाख रुपैयाँ गुम्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । बल्ने ढुंगा हुन्छ भन्यो भने तपाईं पत्याउनु हुन्छ? यसको त करौडौं रुपैयाँ पर्छ नी!

ज्याउल हक नाम गरेका व्यक्तिले यस्तै विश्वासमा परेर बल्ने ढुंगा (क्वाज क्रिष्टल) किन्न खोज्दा रकम ढुबाएका छन्।

भदौको पहिलो साता बत्तिसपुतलीमा विपिन कार्की, हरिबहादुर थापा र मनोज खड्कालाई भेटेपछि उनले बल्ने ढुंगा किन्ने सोच बनाएका थिए। त्यसपछि एक करोड रुपैयाँमा किन्नको लागि उनले १० लाख रुपैयाँ बैना समेत दिएका थिए।

उनलाई सो समुहले काठको बाकसभित्र सेतो ढुंगा जस्तो वस्तु राखेर दिएका थिए। त्यसपछि हकले उक्त बाकस लगेर हेर्दा आफु ठगिएको महसुस गरेका थिए।

बाकसभित्र ढुंगा मुनि सानो टर्च बालिएर राखिएको थियो। त्यसपछि आफू ठगिएको थाहा पाएपछि प्रहरी कहाँ पुगेका थिए।

प्रहरीले मनोज खड्का र हरिबहादुर थापालाई पक्राउ गरेर ठगी मुद्दा चलाएको छ।

ठगी गर्ने समुहले बल्ने ढुंगा, एकमुखे रुद्राक्ष, दाहिने शंक लगायतका सामाग्री बहुमूल्य हुन्, करोडौंमा बिक्री हुन्छ भन्दै विश्वासमा पारेर नक्कली सामाग्री दिएर ठगी गर्ने गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖