• Wednesday 7th of October 2026

तान्जनियाविरुद्ध नेपालले लगातार चौथो र पाँचौँ विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले लगातार आफ्नो चौथो र पाँचौँ विकेट गुमाएको छ ।

चौथो विकेटका रुपमा काजल श्रेष्ठ नौ रन बनाउँदै आउट भएकी हुन् । उनी टोलीकी विकेटकिपर पनि हुन् । काजलले नौ बलमा एक चौका पनि हिर्काएकी थिइन् । उनी रनआउट हुँदै मैदानबाट बाहिरिएकी हुन् । उनी आउट हुँदा नेपालले ४.१ ओभरमा १५ रन बनाएको थियो ।

त्यसलगत्तै नेपालले पाँचौँ विकेटका रुपमा पूर्वकप्तान रुबिना क्षेत्रीलाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै रन आउट भई पेभेलियन फर्किएकी हुन् । ४.६ ओभरमा उनी आउट हुँदा नेपालले केवल १७ रन बनााएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖