• Friday 9th of October 2026

विराटनगरमा एटीएम मेसिन फोडेको आरोपमा एक जना पक्राउ


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगरको मुख्य बजारमा एटीएम मेसिन फोडेर पैसा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रकाउ पर्नेमा विराटनगर–११ घर भई वडा नम्बर–९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेशकुमार कामत रहेका छन् । उनलाई विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन फोर्डदै गर्दा प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।

प्रवक्ता डिएसपी दाहालका अनुसार विराटनगर–९ महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर फोर्डदै गर्दा कामत पक्राउ परेका हुन् ।

कामतले चाबी र सानो फलामको चक्कुले एटिएम मेसिन खोल्ने प्रयास गरेका थिए । उनको साथबाट प्रहरीले २ थान चाबी र सानो चक्कु बरामद छ । पक्राउ परेका कामतविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖