• Monday 5th of October 2026

राति निन्द्रा लाग्दैन ? यी उपाय अपनाउनुहोस् तुरुन्तै दूर हुन्छ समस्या


  • धनकुटा खबर
  • .

काठमाडौँ । राति निन्द्रा आउँदैन भने सास लिने ४-७-८ उपाय अपनाउन सक्नुहुन्छ । यसलाई अमेरिकाको एरिजोना यूनिभर्सिटीका वैज्ञानिक डा. एन्ड्रयू वेलले तयार गरेका हुन् । यो तरिका प्रणायाममा आधारित छ । लामो समयसम्म यो उपायलाई अपनाएमा चाँडै निन्द्रा लाग्ने गर्दछ ।

यसरी गर्नुहोस् ४-७-८ तरिका

यसलाई गर्नको लागि आरामदायक अवस्थामा बस्नुहोस् । आसन सहि होस् । यदि निन्द्राको लागि यो उपायको उपयोग गर्न खोज्नुभएको भए पल्टनु राम्रो हुन्छ ।

सास लिँदा १ देखि ४ सम्म गन्नुहोस्ः सबैभन्दा पहिला तपाईं आफ्नो ओठ बन्द गर्नुहोस् । फेरि मनमा विस्तारै विस्तारै एकदेखि चारसम्म गन्दै नाकबाट सास लिनुहोस् । मुखबाट सास नलिनुहोस् ।

सास रोक्नुहोस र १ देखि ७ सम्म गन्नुहोस्ः अब सात सेकेण्डसम्म सासलाई रोक्नुहोस् । सास फेर्दा १ देखि ८ सम्म गन्नुहोस्ः सिटी बजाएजस्तै मुखबाट ८ सेकेन्डमा सासलाई पूर्णरुपमा बाहिर निकालिदिनुहोस्।

सास फेर्ने तरिकाले शरीरलाई आरामदायक अवस्थामा लैजान्छ । विशेष गरी यो उपाय, जसमा सासलाई केहि समयसम्म रोक्ने । यसले शरीरको अलग अलग अंगमा अक्सिजनको कमी पूरा गर्दछ।

४-७-८ को तरिकाले तपाईंको मस्तिष्क र शरीरलाई सासको माध्यमबाट नियन्त्रण गर्ने कोसिस गर्दछ। नियमित अभ्यास पछि यो तरिका तपाईंमा आदत बन्दछ। डा. वेलका अनुसार, सास लिन ४-७-८ उपाय योगको ४ क्रियाबाट गर्न सकिन्छ।

१. अनुलोम बिलोम
२. ध्यान
३. कल्पना
४. मार्गदर्शी कल्पना ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖