• Friday 9th of October 2026

यसकारण आशा लघुवित्तका २ सय कर्मचारीले दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन्। मर्जरपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

साबिक राष्ट्र उत्थानका २ सय कर्मचारी हेटौँडामा भौतिक उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन्। उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन् । आशा र राष्ट्र उत्थान मर्जरपश्चात् बनेको आशा लघुवित्त वित्तीय संस्थाले गत असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो।

एकीकृत कारोबार सुरु भएको ४ महिनासम्म उल्टै कर्मचारीमाथि अन्याय गरेपछि आन्दोलनको तयारीसहित राजीनामा घोषणा गरेको उनीहरूको भनाई छ। साथै शुक्रवार हेटौँडामा उपस्थित लघुवित्तका कर्मचारीहरूले संस्थाका निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रीप्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुष्कर मिश्रले राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बहानामा मादक पदार्थको सेवन गरी सम्पूर्ण कर्मचारीहरूमाथि अनावश्यक रूपमा नीति नियम विपरीत अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।

‘काममा अनावश्यक दबाब दिएको, विभिन्न शाखामा गई राष्ट्र उत्थानको शाखा तथा कर्मचारी नभए पनि लघुवित्तलाई फरक नपर्ने भनी धम्की पूर्ण भाषाको प्रयोग गरेकोप्रति हाम्रो घोर आपत्ति छ’ कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवा सुविधा समायोजन गरी हाम्रा मागहरू पुरा गरेमा कामलाई निरन्तरता दिन सकिने छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖