• Friday 9th of October 2026

यि हुन् करिब २२ किलो सुन सहित पक्राउ परेका ३ जना


  • धनकुटा खबर
  • .

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब २२ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरिएको हो। उनीहरूको साथबाट २१.७५० किलोग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चिनियाँहरू २७ वर्षका हान फेइ, ३७ वर्षका वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन्।उनीहरूलाई कार्यालयबाट खटिएको टोलीले बुढानीलकण्ठको एउटा घरबाट बहिबार राति पक्राउ गरेको थियो।

प्रहरीले सार्वजनिक गर्दा अभियुक्तहरूले तयारी अवस्थामा राखेका ११ वटा पिसको १०.९९७ किलो सुन र १०.७५२ किलो प्रशोधन गर्न बाँकी सुन पनि प्रमाणको रूपमा देखाइएको थियो।

बुढानीलकण्ठको घर भाडामा लिएर उनीहरूले त्यसलाई सुन प्रशोधन गर्ने ठाउँ बनाएको प्रहरीले दाबी गरेको छ। उक्त भाडामा लिइएको घरमा उनीहरूले सुन गाल्न प्रयोग गरेको मेसिनहरू समेत फेला पारि प्रहरीले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖