काठमाडौं । बालेन्द्र साहले प्रधानमन्त्रीको पद समहालेदेखि नै भारत भ्रमणको चर्चा चलिरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे चर्चा चलेपनि हालसम्म भ्रमण हुने सकेको छैन । पछिल्लो समय मंसिर ७ र ८ मा भारत भ्रमणको मिति तय भएको समाचार बाहिरिएको थियो ।
यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेनको भारत भ्रमणको निम्ति मिति तय भइनसकेको जानकारी दिएको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री साहको भारत भ्रमणको मिति तय भइनसकेको जनाएको हो । उनले त्यसका लागि आवशयक गृहकार्य भइरहेको बताए ।
उनका अनुसार नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमणको मिति तय भएपछि सार्वजनिक गरिने उनले बताए ।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ । उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ । भ्रमणको मिति तय भइरहेको छैन । मिति तय भइसकेपछि जानकारी गराउने नै छौँ,’ प्रवक्ता क्षेत्रीले भने ।
