• Friday 9th of October 2026

आमाछोरा मृत फेला


  • धनकुटा खबर
  • .

प्यूठान— प्यूठानको नौबहिनी गाउँपालिका-३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हराइरहेका उनका ३ वर्षीय छोरा मुस्कानपनि शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक ईश्वर थापामगरले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख थापामगर नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖