• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

टिकटक प्रतिबन्धविरुद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा


  • धनकुटा खबर
  • .

नेपालमा टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटको सुनुवाइ आज (सोमबार) न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुन लागेको हो ।टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारले सामाजिक सद्‌भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖