• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

माइतीघर निषेधित क्षेत्र भएपछि तीनकुनेमा शक्ति प्रदर्शन गर्दै युवासंघ


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले आजदेखि लागू हुनेगरी माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि युवासंघले शक्ति प्रदर्शन गर्ने स्थान परिवर्तन गरेको छ ।

आज जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना गर्दै निषेधित क्षेत्र घोषणा गरेकोबारे जानकारी गराएको थियो ।

अब यसवासंघले मंसिर ७ गते हुने कार्यक्रम तीनकुनेमा गरिने जानकारी गराएको छ । जारी सूचना अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖