• Thursday 8th of October 2026

केपी ओली कप टी-२० क्रिकेट : सन्दीप लामिछानेको कप्तानीमा बागमतीको टोली घोषणा


  • धनकुटा खबर
  • .

५ मंसिर, काठमाडौं । सन्दीप लामिछानेले केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी२० क्रिकेट हुँदैछ ।

जसका लागि बागमतीले लेगस्पीनर सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरेको हो । बागमतीले यसअघि २७ खेलाडीलाई क्याम्पमा बोलाएको थियो । त्यसैबाट अन्तिम टोली घोषणा गरेको हो ।

टिममा सन्दीपसँगै राष्ट्रिय टिमका प्रतिश जिसी पनि छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका रामनरेश गिरी, इशान पाण्डे र दिपेश श्रेष्ठ पनि बागमतीको टिममा छ । उमेर समूहको कप्तानी गरिसकेका रित गौतम पनि टिममा छन् ।

प्रतियोगिता सात प्रदेश, तीन विभागीय टोली र आयोजकको दुई टोली गरी कूल १२ टोलीको सहभागिता छ । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

बागमती र कर्णाली प्रदेशसँगै मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो टिम समूह ए मा छन् । बागमती र आयोजकको रातो टोलीबीच मंसिर ७ गते उद्घाटन खेल हुनेछ ।

यस्तै एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह बी मा छन् भने नेपाल पुलिस क्लब, मधेश र सुदूरपश्चिम प्रदेश समूह सी तथा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह डी मा छन् ।

हरेक समूहको समूह विजेता मात्र सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा समूह ए को विजेता र समूह डी को विजेता तथा समूह बी को विजेता र समूह सी को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।

बागमतीको टोली
सन्दीप लामिछाने (कप्तान), सुभ कंसाकार, आशुतोष घिरइया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सबास खत्री, प्रतिश जिसी, रिजन ढकाल, राम नरेश गिरी, दिपेश श्रेष्ठ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖