• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं महानगरकी उपप्रमुख डंगोल अष्ट्रेलिया प्रस्थान


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेकी छिन् ।

अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उनी भ्रमणमा निस्केकी हुन् ।

भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न शहरहरुमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय ऊर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको डंगोलले बताइन् । १७ मंसिरमा उनी स्वदेश फर्किने छिन् ।

भ्रमण अवधिको खर्च अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले गर्ने महानगरले जनाएको छ ।

३२ साउन २०८० मा बसेको काठमाडौं महानगरपालिकाको २१औं नगर कार्यपालिका बैठकले उपप्रमुख डंगालको भ्रमण स्वीकृत गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖