• Monday 5th of October 2026

‘दिमाग खराब’ ले दुई सातामा कति कमायो?


  • धनकुटा खबर
  • .

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ आजदेखि तेस्रो सातामा प्रवेश गरेको छ।

आज शुक्रबार नयाँ फिल्म प्रदर्शनमा नआउँदा ‘दिमाग खराब’ ले तेस्रो सातामा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीहरूको आशा छ।

निर्माण टिमले शुक्रबार दुई साताको कमाइ सार्वजनिक गरेका छन्। निर्माताका अनुसार फिल्मले दुई सातामा ७ करोड कमाएको छ। यो फिल्म ४ करोड बजेटमा बनेको बताइएको छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायत कलाकारको अभिनय छ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो।

कार्तिक २४ गतेदेखि प्रदर्शनमा भएको फिल्ममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖