• Friday 9th of October 2026

ओर्लने क्रममा बसले किचेर एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

रूकुम पश्चिममा ओर्लने क्रममा बसबाट किचेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको आठबिसकोट नगरपालिका– ११ का ३८ वर्षीय गणेश दमाइको ओर्लने क्रममा बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक विष्णुप्रशाद श्रेष्ठले बताए ।

शुक्रबार बेलुका साढे ६ बजेतिर राडी बजारदेखि बाँकेको नेपालगञ्जका लागि छुटेको ना ३ ख ५२०७ नम्बरको बसमा सवार दमाई ओर्लने क्रममा लडेका थिए। उनलाई त्यही बसले किचेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
घाइते दमाइलाई सात बजेतिर उद्धार गरि अस्पताल पठाइएकोमा सवा आठ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि चालकले बस बीचमै रोकेर भाग्न खोजेका थिए। चालक भाग्न खोजेपछि यात्रुबीच पनि भागदौड चल्दा थप दुई जना घाइते भएका छन्।

घाइते हुनेमा आठबिसकोट– १४ की १९ वर्षीया भावना चन्द र सोही ठाउँकै १९ वर्षीय राजेन्द्र पोखरेल घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖